मुकेश चौरसियालाई न्याय नदिए देशव्यापी आन्दोलन गर्छौं : मातृका यादव

matrika yadav
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता मातृका यादवले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई हत्या गर्ने दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

नेता यादवले शनिबार जिल्ला प्रहरी कार्यालय अगाडि भएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बिन्दबासिनी गाउँपालिकाका सचिव चौरसियाको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्।

नेकपा स्थायी समिति सदस्यसमेत रहेका यादवले प्रहरीले जाहेरी लिन नमानेको भन्दै जाहेरी नलिएसम्म आन्दोलन जारी रहने र देशव्यापी बनाउने पनि चेतावनी दिए।

‘जाहेरी दर्ता भएन भने २ नम्बर प्रदेशमा आफ्नै साथीहरुसँग सल्लाह गरेर पनि आन्दोलन चलाउन सक्छु’ उनले भने। उनले जनताको जाहेरी प्रहरी प्रशासनले लिनुपर्ने र सही-गलत छुट्याएर अदालतमा पेश गर्नुपर्ने सुझाव पनि दिए। चौरसियाका आफन्तजन तथा नेकपा पर्सा जिल्ला समितिले जिल्ला प्रहरी कार्यालयको अगाडि विरोध स्वरुप धर्ना दिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्