मुख्यसचिव वैरागीलाई कोरोना

mukhyasachib bairagi
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। मुख्यसचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न आग्रह गरेका छन्।

वैरागी संक्रमित भएपछि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको काम प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्