मुद्दा दर्तापछि पूर्वसांसद राजकुमार गुप्ता फरार

pic
विरोध प्रदर्शनको दृष्य। तस्वीर :फाइल
लाेकपाटी न्यूज

पर्सा, १४ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्वसांसद राजकुमार गुप्ता पर्साबाट फरार भएका छन्।

नेकपा पर्साको बिन्दबासिनी गाउँपालिका समितिका सचिव मुकेश चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा दर्ता भएसँगै गुप्ता फरार भएका हुन्।

चौरसियाको परिवारले गुप्ताकै योजनामा सो घटना घटाइएको भन्दै उनीसहित १२ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गराएको थियो।

यता, गुप्ताको घरबाट पक्राउ परेका उत्तम तिवारी र चिन्टु तिवारी नारायणी अस्पतालबाट फरार रहेको प्रहरीले जानकारी गराएको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ६ गते नेकपाको बिन्दबासिनी गाउँपालिकामा भएको शपथग्रहण कार्यक्रममा पार्टीकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।