रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ कार्तिक। रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा तिलोत्तमाकी महिला र बुटवलका पुरुष रहेका छन्।

कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः १७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

त्यस्तै, कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु डा. गौतमले जानकारी दिए। डा. गौतमका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्