लक्षण नभएका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध

Corona_Test
लाेकपाटी न्यूज

काठमाडौं, ११ कार्तिक। बेल्जियममा कोरोना भाइरसको सङ्क्रमण भए पनि लक्षण नभएका स्वास्थ्यकर्मीलाई निरन्तर काम गरिरहन अनुरोध गरिएको छ।

झण्डै एक चौथाई स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमण भैसकेकाले लक्षण नदेखिएकाहरुलाई निरन्तर काम गर्न बेल्जियमका १० अस्पतालले अनुरोध गरेका बीबीसीले जनाएको छ।

तर कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीले उपचार गर्दा सर्वसाधारणलाई पनि सर्ने जोखिम भने बढेको छ।

बेल्जियमको पूर्वी शहरमा अहिले ३ मध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्