लिम्पियाधुराको चुच्चो भाग सानो नक्सामा नदेखिएको हो : प्रधानमन्त्री कार्यालय

pic
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको दसैं शुभकामना सन्देशमा कार्डमा अंकित नेपालको नक्सामा लिम्पियाधुरासहितको भाग नदेखिएको भन्ने आरोप प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको छ।

प्रधानमन्त्रीको नीजि सचिवालयले नक्सा सानो आकारको भएकाले लिम्पियाधुराको चुच्चो भाग नदेखिएको तर त्यो नराख्ने नियत नभएको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान दसैंको शुभकामना सन्देश जारी गरेका थिए।

प्रधानमन्त्रीले शुभकामनाका लागि प्रयोग गरेको कार्डमा अंकित नेपालको निशानछापमा लिम्पियाधुराबिनाकै नक्सा प्रयोग भएको भन्दै आलोचना भइरहेको छ। प्रमुख विपक्षी नेपाली कांग्रेससँगै सामाजिक सञ्जालका प्रयोगकर्ताले यसप्रति चर्को आलोचना गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्