विप्लव नेकपाका सचिव पक्राउ

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

कञ्चनपुर, १४ कार्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कञ्चनपुर कार्यालय सचिव पक्राउ परेका छन्।

प्रहरीले कार्यालय सचिव शंकर महरालाई आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको आरोपमा गरिएको जनाएको छ।

भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

आफ्ना पार्टी सचिव पक्राउ परेपछि नेकपा कञ्चनपुरले महराको स-सम्मान रिहाईको माग गरेको छ। महरालाई प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको नेकपा कञ्भनपुरले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्