विश्वभर तीन करोड २१ लाखभन्दा बढी कोरोनामुक्त

corona niko
फाइल तस्वीर
  • 18
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ११ कार्तिक। विश्वभर अहिलेसम्म तीन करोड २१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। मंगलबार बिहानसम्ममा तीन करोड २१ लाख ६२ हजार ७५ जना संक्रमित कोरोनामुक्त भएका हुन्।

विश्वमा हालसम्म चार करोड ३७ लाख ६८ हजार ६० जना कोरोनाबाट संक्रमित भएका छन्।संक्रमितमध्ये ११ लाख ६४ हजार दुई सय २७ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ८९ लाख ६० हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित बनेका छन्।

यहाँ हाल २९ लाख ६ हजार ६ सय ८७ जना सक्रिय संक्रमित रहेका छन्। अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजार ३७ जना पुगेको छ। भारतमा हालसम्म ७९ लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ७१ लाख ९८ हाजरभन्दा बढी निको भइसकेका छन्।

यहाँ हाल ६ लाख २७ हजार ६ सय ३८ जना सक्रिय संक्रमित छन्। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १९ हजार पाँच सय ३५ पुगेको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार आठ सय ३० पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ४३ हजार दुई सय ९३ रहेको छ। संक्रमितमध्ये नेपालमा एक लाख १५ हजार ६ सय ७५ जना निको भइसकेका छन् भने आठ सय ६२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्