संचारकर्मी एवं गायक ढकालको दशैतिहार गीत ‘नवस्नु है पर्खि’ सार्वजनिक

pic 6
लाेकपाटी न्यूज

काठमाडौं, ५ कार्तिक। गायक दिपक पाण्डे र कैलाश बोहोराको सयुक्त प्रस्तुतिमा संचारकर्मी एवं गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मन छुने दशै तिहार गीतको अफिसिय म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ।

पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लय र शब्द सृर्जना रहेको छ।

प्रदेशी नेपालीहरुको यथार्थ जिवनमा आधारित रहेर प्रदेशी नेपालीहरुको यथार्थ पिडालाई गितमा दर्शाइएको छ।

गीतमा निकै मनछुने शब्दहरुको प्रयोग गरिएको छ , त कतिपय प्रदेशीहरुको जिवनमा मेल खान पनि सक्छ , हेरौ केहि मनछुने शब्दहरु :

यो दशैमा हजुर घर आए , केहि पर्दैन अछेता शिवाय
ऋण काडेको म प्रदेश छिर्नलाई , सक्या छैन अझै नि तिर्नलाई ।

मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो अत्यन्तै राम्रो वनेको छ , गितको म्युजिक भिडियोमा सर्मिला वल्कोटी , प्रिति गुरुड , प्रकाश धामि , एलएन श्रेष्ठको मनछुने अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्