सामाजिक संजालमा विकृति फैलाउनेलाई ५ वर्ष जेल

Facebook
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। भारतमा केरल सरकारले सामाजिक संजाल तथा साइबर क्राइम मुद्दाहरुमा कडा कदम लिन खोजेको छ।

यसका लागि उसले निगरानी बढाउन केरल प्रहरी ऐन लागू गर्ने फैसला गरेको छ। द इन्डियन एक्सप्रेसमा छापिएको समाचारअनुसार त्यहाँको क्याबिनेटले यो अध्यदेश पारित गरिसकेको छ।

यो अध्यादेशअनुसार अब कसैले पनि धम्काउने उद्देश्यका साथ कुनै सन्देश पठाएमा उसमाथि कडा कारवाही गर्ने प्रावधान रहेको छ।

यो अध्यादेशअनुसार पाँच वर्ष जेल र दश हजार रुपैयाँ जरिवाना हुनसक्ने बताइएको छ। भारतमा पछिल्लो समय विभिन्न राज्यहरुले यस्तै कडा कानुन ल्याउन थालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्