सुनको मुल्य फेरि बढ्यो, तोलाको कति ?

gold-coins-money-saving
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। आज पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो। आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको छ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको महासंघको भनाइ छ। तर, आज चाँदीको मुल्य भने घटेको छ। हिजो प्रतितोला रु. १२४० रहेको चाँदीको मुल्य आज घटेर १२३० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्