सुनको मूल्य घट्यो, आजको भाउ कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा दशैंपछिको दोस्रो दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ सयले घटेको हो।

शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ७ सय थियो। शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९४ हजार कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य ९४ हजार २ सय थियो।

शुक्रबार सुनको मूल्य सामान्य अंकले घटे पनि चाँदीको मूल्य स्थिर छ। बिहीबार चाँदीको मूल्य तोलाको १ हजार १ सय ८० रुपैयाँ कायम भएकामा शुक्रबार पनि सोही मूल्य छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्