सुनसरीमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। सुनसरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका संक्रमित भएका इनरुवास्थित स्वास्थ्य कार्यालयले जनाएको छ।

धरान–१७ की ६२ वर्षीया महिला, धरान–१५ बाझगराकी ५६ वर्षीया महिला, धरान–१३ का ५३ वर्षीय पुरुष,बराहक्षेत्र –१० का ४२ वर्षीय पुरुषको ज्यान गएको छ।

शनिबार मृत्यु भएका ४ जनामध्ये धरान १७ की महिला र बराह १० का पुरुषमा अन्य रोग पनि थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्