सुन्धारास्थित मस्जिदमा तोडफोड

thumb
लाेकपाटी न्यूज

काठमाडौं, ८ कात्तिक। काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ। शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो।

उक्त मस्जिद भूमाफियाको तारो बन्दै आएको थियो। निर्माणाधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए।

यस्तै, मस्जिद रहेको काठमाडौं महानगरपालिका–२२ का वडासदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताए।मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले मस्जिदमाथिको तोडफोड सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए।

मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थायीरुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्