२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ?

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५०८ कोरोना भाइरसको संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर परीक्षण गर्दा ९७६ महिला र १ हाजर ५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो। यीसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा २ हजार २६४ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कोरोना मुक्त हुनेको कुल संख्या एक लाख ३१ हजार २२२ पुगेको छ। त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ। उपत्यकामा ७८८ पुरुष र ५६९ महिला गरेर १३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा १३, झापामा ७६, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा १३८, संखुवासभामा ३, सुनसरीमा ७६, सोलुखुम्बुमा १, धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौटहतमा २७, सप्तरीमा २०, सर्लाहीमा ७, सिरहामा ९, काठमाडौँमा १ हजार १ सय १३, काभ्रेमा ७४, चितवनमा १०९, दोलखामा २२ र धादिङमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा ३, ललितपुरमा १९५, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा २, कास्कीमा १०९, गोरखामा ७, तनहुँमा २७, नवलपरासीपूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६, स्याङ्जामा ७, कपिलवस्तुमा ११, गुल्मीमा ३, दाङमा ४६, नवलपरासीमा १६, पाल्पामा १, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३५, जाजरकोटमा १, डोल्पामा १, दैलेखमा ९, सल्यानमा १, सुर्खेतमा ३, अछाममा ६, कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ तथा बझाङमा १४ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्