२४ घण्टामा थप २२ सय २५ जनामा कोरोना संक्रमण, १३ संक्रमितको मृत्यु

covid-19_corona
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २२५ जनामा कोरोना भाइरसको (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। त्यस्तै सोही अवधिमा १३ जना कोभिड १९ संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै देशभर संक्रमितको मृत्यु हुने संख्या ८ सय ४२ पुगेको छ।

शनिवार २ हजार ८ सय ४६ जना संक्रमण मुक्त भएसँगै निको भएका छन्। संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। हालसम्म ४७ हजार ५७ जना संक्रिय संक्रमित पहिचान भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्