२४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

corona_virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७२५ नमुना परीक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये ४० हजार ६८१ जना सक्रिय संक्रमित हुन्। १ लाख १८ हजार ८४३ जना भने संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा ३ हजार १६८ जना डिस्चार्ज भएका छन्।

मंगलबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा मात्र २५२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५५ पुरुष र ९७ महिला रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्