२४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २४ घण्टामा थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन्।

यससँगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हाल देशभर ४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन्। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८०० जना रहेका छन् भने होम आइसोलेशनमा २९ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६५ जना छन्।

कुल संक्रमितमध्ये हाल नेपालमा ९९ हजार ६०५ जना कोरोना मुक्त भइसकेका छन्। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बुधबार देशभरि २ हजार ९९६ संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस्तै, नेपालमा कुल कोरोना संक्रमितमध्ये ७९१ जनाको मृत्यु भएको छ। बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्