३५ सय १७ जना कोरोना संक्रमित थपिए, कुन प्रदेशमा कति ?

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं। नेपालमा थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार देशभर ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो।

जम्मा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९६ रहेको छ। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

corona-virus-cases-593x768

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्