काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना गरेको छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई कोभिड-१९ संक्रमित डा. भट्टराई र उनकी पत्नी हिसिला यामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो।
साथै पत्रमा भट्टराईले केही अघि हिमालयपार बहु आयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रशंसा पनि गरिएको छ। भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ।
भट्टराई दम्पतीलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै जना अहिले आइसोलेसनमा रहेका छन्।