बिहेको रात भर्जिन ‘ठहरिन’ यसो गरिरहेका छन् युवती

  • 1.4K
    Shares
0

काठमाडौं। निम्मी (नाम परिवर्तन) एक निजी कम्पनीमा काम गर्छिन्। उनी १० वर्षदेखि भारतको राजधानी दिल्लीमा बस्दै आएकी छन्। दिल्लीबाट ग्र्याजुएसन गरेपछि उनी जागिर गरिरहेकी छन्।

जब उनलाई ब्वाइफ्रेन्डको विषयमा प्रश्न गरियो, उनको जवाफ थियो- धेरै बनाएँ तर ‘द्याट आई ह्याभ सेब्ड फर द पर्सन आई विल म्यारी टू’। स्पष्ट छ, निम्मी बिहेसम्म भर्जिनिटी (कुमारीत्व) जोगाउन चाहन्छिन्। जब उनले आफ्नो अफिसमा युवाहरूसँग यस विषयमा कुरा गरिन्, उनीहरू (२०–३० वर्ष)ले क्याजुअल सेक्सलाई आमकुरा भएको बताए। तर, निम्मीका लागि बिहेअघिको सेक्स ‘अमान्य’ छ।

त्यसो भए, ती केटीहरू कहाँबाट आइरहेका छन्, जो हाइमनोप्लास्टी अर्थात्, सेक्सपछि हाइमन रिस्टोर गराउनका लागि सर्जरी गराइरहेका छन्। पछिल्लो १५ वर्षमा हाइमनोप्लास्टीको चलन बढेको चिकित्सकहरू बताउँछन्। र, अविवाहित महिलाहरू यस खालको सर्जरी गराउनका लागि चिकित्सकसम्म पुग्ने गरेका छन्।

विशेषज्ञहरूका अनुसार युवतीहरूको योनीमा एउटा झिल्ली हुन्छ, जसलाई हाइमन भनिन्छ। सेक्सपछि होस् वा कहिलेकाहीँ खेल्दा होस्, उनीहरूको यो झिल्ली ड्यामेज हुन्छ। चिकित्सकले उक्त झिल्लीलाई सर्जरी गरेर फेरि रिस्टोर गरिदिन्छन्, यसलाई हाइमनोप्लास्टी भनिन्छ।

हाइमन रिस्टोर गराउन आउने युवतीहरूको उमेर २० देखि ३० को बीचमा हुने गरेको चिकित्सकहरूको भनाइ छ। यसरी सर्जरी गर्ने युवतीहरू बिहेअघि सेक्सुअल्ली एक्टिभ वा पार्टनरसँग शारीरिक सम्बन्धमा हुन्छन्। त्यसैले उनीहरू बिहेअघि हाइमनोप्लास्टीका लागि अस्पताल पुग्छन्।

अविवाहित युवती

म्याक्स अस्पतालका प्रमुख परामर्शदाता एवं स्त्रीरोग विशेषज्ञ डा. भावना चौधरी भन्छिन्, ‘सर्जरी गराउन युवतीहरू देशका कुन–कुन ठाउँबाट आउँछन् यसै भन्न सकिँदैन तर उनीहरू कुनै न कुनै जागिर गर्ने माध्यम तथा उच्च वर्गीय आय समूहका हुन्छन्।’

ती युवतीहरू बिहेअघि आउँछन् किनकि, उनीहरू बिहेअघि सेक्स गरेको कुरा हुन लागेका पतिले थाहा नपाउन् भन्ने ठान्छन्। चिकित्सकहरूका अनुसार सर्जरीका लागि बुझ्न आउने त्यस्ता युवती निकै आत्मविश्वासी देखिन्छन्। आफ्ना कुरा निर्धक्क राख्छन्। आमरूपमा उनीहरू आफ्नो बहिनी वा साथीसँग आउने गरेका छन्।

स्पोर्ट्समा एक्टिभ हुनु, साइकल चलाउनु, घोडामा सवारी गर्दा वा महिनावारीका क्रममा टेम्पुको प्रयोग गर्नु पनि युवतीहरूको हाइमन ब्रेक हुनुका कारण रहेको डा. चौधरी बताउँछिन्।

गंगारामका सर्जन डा. ललित चौधरी हाइमनोप्लास्टीका लागि आउने महिलालाई दुई समूहमा बाँड्छन्। उनी भन्छन्, ‘८० प्रतिशत युवती करिब २५ वर्ष वा यसको आसपासका हुन्छन् भने अन्य २० प्रतिशत सम्बन्धविच्छेद गरेका महिला हुन्छन्।’ एक हप्तामा ४ वा ५ कल सोधपुछका लागि आउने गरेको डा. ललितको भनाइ छ। तर, १० मध्ये एक मात्र युवती सर्जरीका लागि अस्पताल आउने गरेको उनी बताउँछन्।

यसको कारण बताउँदै डा. ललित भन्छन्, ‘यी युवतीहरू डाक्टरसँग पहिल्यै सबै कुरामा स्पष्ट भएपछि सर्जरीका लागि सहज महसुस गर्छन्। कुनै पनि ठूला अस्पतालमा यस्तो सर्जरीको खर्च ५०–७० हजार भारूसम्म हुन आउँछ। त्यसैले युवती डाक्टरसँग परामर्श गरेपछि अलि साना क्लिनिकमा सर्जरी गराउँछन्। किनकि, त्यहाँ अलि सस्तो पर्छ। त्यस्ता क्लिनिकमा कागजी प्रक्रिया पनि अपनाउनु पर्दैन। साना क्लिनिकमा गोप्यता अलि बढी सुरक्षित हुन्छ।’

डाक्टरहरूका अनुसार यो सर्जरी आधा घन्टामा हुन्छ। ठूला अस्पतालमा सर्जरी गराउनुपर्दा भने दुई घण्टाअघि नै आएर कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै जनरल एनेस्थेसिया दिएर हाइमन रिस्टोर गराइन्छ। यो सबै प्रक्रिया पूरा गर्दा ५ देखि ६ घण्टासम्म लाग्न सक्छ।

निजी क्लिनिकमा सर्जरी
ओपोलो अस्पतालका प्लास्टिक सर्जन डा. अनुप धीर आफूलाई दिल्लीमा हाइमनोप्लास्टीको सुरुवात गर्ने पहिलो सर्जन भएको बताउँछन्। उनी दिल्लीमा एक निजी क्लिनिक पनि चलाउँछन्। डा. धीर भन्छन् कि यस खालको सर्जरीका लागि उनीसँग एकतिहाइ युवतीहरू हरियाणाबाट आउने गरेका छन्। यस अलावा मुस्लिम परिवार र मध्यपूर्व देशबाट समेत युवतीहरू आउँछन्।

उनका अनुसार, प्राय:जसो युवती आफ्नो पहिचान लुकाउँछन्। ‘उनीहरू हामीलाई न आफ्नो सही नाम भन्छन्, न त सही फोन नम्बर नै सेयर गर्छन्,’ डा. धीर भन्छन्, ‘कहिलेकाहीँ त यी केटीहरूका साथी नै भेट वा सल्लाहका लागि हामीसँग सम्पर्क गर्छन् र सर्जरीपछि कुनै समस्या छ कि छैन भनेर हामीले सम्पर्क गर्न खोज्दा उनीहरूलाई सम्पर्क गर्न सकिँदैन।’

डा. धीरलले युवतीहरूलाई विवाहभन्दा ८ वा ६ हप्ता पहिले हाइमनोप्लास्टी गराउन सुझाव दिने गरेका छन् ताकि, सुहागरातमा उनीहरू ज्यादा ब्लीड गर्न सकून्। यो सर्जरी गरेपछि कुनै खालको समस्या नआउने उनको भनाइ छ। यद्यपि, केही सावधानी भने अपनाउनुपर्ने हुन्छ, जस्तो कि सर्जरीपछि तत्कालै सेक्स गर्न, दुईपाङ्ग्रे र साइकल चलाउन हुँदैन। सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

डा. ललित चौधरी भन्छन् कि कुलीन घरका कतिपय युवती आफ्नी आमालाई साथमा लिएर पनि आउँछन्। उच्च वर्ग आय समूहका युवतीहरू आफ्नी आमासँग यस्ता कुरा सेयर गर्ने गर्छन्। त्यसपछि आमाले आफैँ आएर छोरीको बिहे हुनुअघि सर्जरी गराइदिन्छिन्।

तर, यो समाजको बिडम्बना हो, जसरी एक युवती आफूलाई मन पर्ने केटासँग शारीरिक सम्बन्ध राख्ने फैसला स्वन्तत्र भएर लिन्छिन्, त्यसरी नै जब उसले कुनै अर्को व्यक्तिसँग बिहे गर्नुपर्छ, तब उसलाई आफ्नो कथित् पवित्रताको प्रमाण दिनुपर्ने हुन्छ।

महिलाहरूको पवित्रता
एक पुरुष त्यस्तो युवतीसँग बिहे गर्न चाहन्छ, जसलाई कसैले छोएको नहोस्, यो एक पितृसत्तात्मक सोचकै देन हो। तर, निम्मीजस्ता धेरै युवती पनि हुन्छन्, जो आफ्नो भर्जिनिटीलाई बिहेको पहिलो रातका लागि जोगाएर राख्छन् र पतिलाई उपहारका रूपमा सुम्पिन चाहन्छन्।

भारत र नेपाल मात्रै होइन, धेरै यस्ता देश छन् जहाँ महिलाहरूको भर्जिनिटीलाई पवित्रतासँग जोडेर हेर्ने गरिन्छ र कहीँ न कहीँ उसको इज्जत यौनिकतासम्म मात्रै सीमित गरिन्छ। रिश्तेभारतीय फिल्महरूमा पनि बलात्कार भएकी युवतीको मामिलामा ‘उसको इज्जत लुटियो’ ‘घर’ वा ‘बाउको इज्जत गयो’ जस्ता डाइलगको प्रयोग भएको पाइन्छ।

भर्जिनिटी कुनै समाजको कुनै एक विशेष वर्ग वा त्यतिसम्मका लागि मात्रै महत्त्वपूर्ण छैन। यसले गरिब होस् वा धनी, गाउँले होस् वा शहरिया सबैका लागि महत्त्व राख्छ।

फेनिज्म इन इन्डियाकी संस्थापक जेपलिन पसरिचा महिलाहरूका लागि प्रयोग हुने अंग्रेजी शब्द ‘डिफ्लाअर’को उदाहरण दिँदै भन्छिन्, ‘के युवतीहरू कुनै फूल हुन् जसलाई छुँदा वा सेक्स गर्दा भुइँमा खस्छ ?’ आत्महत्याको मामिलामा पनि इज्जतको मतलब महिलाको शरीर नै हुने गरेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘भारतीय समाजमा जब कुनै युवतीको बिहे भइरहेको हुन्छ जब उसको भर्जिनिटीलाई किन महत्त्व दिइन्छ ? केटालाई कहिले सोधिन्छ कि ऊचाहिँ भर्जिन छ कि छैन ? कतिपय क्षेत्रमा बिहेको पहिलो रातको बेटसिट पनि बाहिर देखाइन्छ, समाजलाई यो बताउनका लागि कि केटी पवित्र छे। घरमा आएकी युवतीलाई घरको इज्जतको रूपमै सीमित गरिन्छ। भारतमा मात्रै होइन, अफ्रिकाका कैयौँ समाजमा पनि यस्तो हुन्छ।

युवतीहरूको भर्जिनिटी परीक्षण
महाराष्ट्रको कञ्जरबाट समुदायमा सदियौँदेखि युवतीहरूको भर्जिनिटी परीक्षण गर्ने परम्परा चल्दै आएको छ। त्यहाँ बिहेको पहिलो रात सेताे बेडसिट बिछ्याइन्छ र त्यसको जाँच भोलिपल्ट बिहान गरिन्छ। त्यो समुदायमा मानिसहरू आफ्नी छोरीको बिहे किशोर अवस्थामै गरिदिन्छन्। महिला

बजारको सुरुवात
महिला अधिकारकर्मी एवम् मणिपाल युनिभर्सिटीकी सहप्राध्यापक जागृति गंगोपाध्याय भन्छिन्, ‘सम्पूर्ण दबाब नै महिलामाथि छ। एउटी महिला एक पुरुषसँग सम्बन्ध राख्छे तर फेरि आईपिलको प्रयोग गर्छे। जब बिहे हुन लाग्छ, तब हाइमनोप्लास्टी गराउँछे। त्यसपछि ऊ आफ्नो पतिको मात्र होइन, परिवारकै प्रोपर्टी बनेर रहन्छे। यसरी महिलामा मानवअधिकारको उल्लंघन भइरहेको कुरा कसैले किन बुझिरहेको छैन ?’

उनका अनुसार यस खालको सामाजिक सोच वा मान्यताले नै महिलाहरूका लागि एउटा बजार तयार गरेको छ, जहाँ बिहेको पहिलो रातका लागि इन्टरनेटमा भेजाइन ब्लड वा क्याप्सुलको बिक्री भइरहेको छ। हाइमनोप्लास्टीबाहेक योनीलाई सुन्दर बनाउन र गोरो बनाउनका लागि उत्पादकहरू विज्ञापन बनाइरहेका छन्। एक महिला नर्मल डेलिभरीपछि उसलाई हेसब्याण्ड स्टिच दिइन्छ ताकि डेलिभरीपछि आएको खुकुलोपन कसियोस्।

यसबाहेक योनीलाई सुन्दर बनाउनका लागि महिलाहरूका लागि धेरै खालका सर्जरीको प्रावधान छ, जसलाई जानकाहरू पोर्नको देन बताउँछन्। किनकि, कोही पनि आफ्नी पत्नी वा पार्टनरमा आकर्षक देखिने अंगको कामना गरिरहेका हुन्छन्। (बीबीसी हिन्दीमा प्रकाशित रिपोर्टको भावानुवाद)

Comments
Loading...
You might also like