समाज

अस्पतालको मेसिन चोरी गरेको आरोपमा दुई डाक्टर पक्राउ

  • 287
    Shares

काठमाडौं, २८ जेठः अस्पतालको मेसिन चोरेको आरोपमा दुई डाक्टर पक्राउ परेका छन्। ललितपुरमा रहेका पाटन अस्पतालको आइसियू कक्षबाट अल्ट्र्रसाउन मेसिन चोरी गरेको आरोपमा प्रहरी टोलीले डाक्टरलाई पक्राउ गरेको हो। उनिहरुलाई प्रहरी आज बानेश्वरबाट पक्राउ गरेको हो।

अस्पताल प्रशाशनले दिएको उजुरीको आधारमा उनिहरुलई पक्राउ गरिएको बताइएको छ। मेसिन जेठ १७ गते हराएको प्रशाशनले जानकारी दिएको छ। पक्राउ पर्नेमा महोत्तरी बर्दिवासका २० वर्षे रमेशकुमार मिश्र र सर्लाहीका ३१ वर्षे प्रवीण मिश्र रहेका छन्। ”हामीले खोजी गरिरहेका थियौं। आज दुई जना चिकित्सकलाई नियन्त्रणमा लिएका हौं,” परिसरका प्रमुख टेकप्रसाद राईले भने।

१७ गते बिहान ८ बजेर ३३ बजे अस्पतालबाट २० लाख ७८ हजार रुपैयाँ मूल्य पर्ने पोर्टेवल अल्ट्रासउन मेसिन हराएको थियो। उनीहरुले कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै मेसिन चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्