राशिफल

शुक्रबारको राशिफल : यी राशिका लागि शुभ छ

rasifal-5
  • 30
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक जमघटमा समय बित्नेछ। खेतिपातीको कार्यबाट सफलता पाईनेछ। बौद्धिक विकास होला। धार्मिक कार्यको योगपनि छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ। आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यमा प्रति सजक रहनु पर्छ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनपरेको खनेकुरा खान पाईनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। न्यायिक कार्यमा सफलतापनि सफलता मिल्न सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक कार्यको योजना बन्नेछ। भूमिबाट लाभ रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कामको योजना बन्नेछ। सामाजिक कार्यमा मन जानेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको काम ढिलो हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज समाजसेवामा मन लाग्नेछ। नयाँ कामको योजना बन्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान हराउने वा चोरी हुने सम्भावना छ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। नियमित खर्चसमेत बढ्ने योग छ।

लेखकको बारेमा

लाेकपाटी न्यूज