देशभर भारी वर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको जोखिम ?

mausam water
  • 104
    Shares

काठमाडौं, २६ असार। देशका धेरै जसो भू-भागमा लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मनसुन थप सक्रिय भएकाले देशभर पानी परेको छ। सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कञ्चनपुरको शान्तिपुर, बेलौरी र आसपासमा भारी वर्षा भैरहेको छ। कञ्चनपुर भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ। त्यस्तै बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार र आसपासमा भारी वर्षा भएकाले डुबानको जोखिम र साना नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरिएको छ।

कास्कीको पोखरा आसपास ठूलो पानी परेको छ। नारायणी नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। मनसुनी न्यून चापीय रेखा तराई भूभाग नजिक रहेकोले तुलनात्मक रूपमा तराई क्षेत्रमा मौसम प्रतिकुल हुनेछ।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्