समाज

कास्की र लमजुङमा पहिरोले घर पुरिंदा ७ जनाको ज्यान गयो

pahiro
सांकेतिक तस्बिर
  • 33
    Shares

काठमाडौं, २६ असार। कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ। पोखरामा ३ र हेम्जामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको हो। ६ जना घाइते भएका छन्।

केही सम्पर्कबिहीन भएका प्रहरीले जनाएको छ। बिहान ३ बजेतिर पहिरो जाँदा ३ जनाको मृत्यु भएको कास्कीका डीएसपी सुबास हमालले जानकारी दिए। उनीहरुको परिचय भने खुलेको छैन। पुरिएको घरमा हिजो जन्मदिन उत्सव भएको र जन्मदिन मनाउनका लागि केही आफन्तहरु पनि आएका स्थानीयले बताएको डीएसपी हमालले जानकारी दिए।

घर पूर्ण रुपमा पहिरोले पुरिएको छ। अहिले प्रहरीको टोली घटनास्थलमा पुगिसकेको। घाइतेलाई पोखराको मणिपाल अस्पताल र पश्चिमाञ्चल अस्पताल लगिएको छ। यस्तै पोखराकै हेम्जामा रहेको रामचन्द्र अधिकारीको घर पनि पहिरोले पुरिंदा उनकी आमा हिमकलीको मृत्यु भएको छ।

उता, लमजुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिंदा एकै घरका तीन जनाको मृत्यु भएको छ।स्थानीय दीपक तामाङको घर पहिरोले पुरिएको हो। पहिरोमा परि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ। अन्य तीन जना सामान्य घाइते भएका छन्। राति ११ बजे तिर माथिबाट आएको पहिरोले घर पुरिएको हो।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्