स्वास्थ्य

नेपालमा थप ११८ जनामा कोरोना पुष्टि

corona doctor
  • 23
    Shares

काठमाडौं, २६ असार। नेपालमा आज थप १ सय १८ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं उपत्यकामा भने शुक्रबार ४२ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ। नेपालमा हालसम्म ८ हजार ११ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्।

देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको छ।

About the author

लाेकपाटी न्यूज

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्