एनआईसी बैंकको कार्डमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

nic_svPpUGH5DT
लोकपाटी न्यूज

काठमाडौं, २७ असोज। एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकलाई आकर्षक नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ई-कमर्शबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ। अनलाइन किनमेल बढिरहेको अवस्थालाई मूल्याङ्कन गर्दै बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिन यो योजना ल्याएको हो।

(Sastodeal and Gyapu Marketplace) मा २० प्रतिशत वा.२००० रुपैयाँसम्म, Kalmart मा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा hulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरिएको बैंकले जनाएको छ। बैंककाअनुसार यो योजना आउँदो २७ असोजदेखि १ कार्तिकसम्म जारी रहने छ।