नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर मल्लको मृत्यु

nahar
लोकपाटी न्यूज

चितवन, २८ असोज। भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थिति नारायणी लिफ्ट सिंचाइको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २ आँपटारीका १५ वर्षीय दिनेश मल्ल ठकुरीको मंगलबार अपरान्ह साढे ४ बजे मृत्यु भएको हो।

नहरमा पौडी खेल्न गएका बालकको बालुवामा टाउको गडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। परिवार स्रोतका अनुसार मृतक बुवाआमा एक्ला छोरा हुन्।

उनका बुवा अपाङ्ग छन्। आर्थिक अवस्था निकै दयनीय भएको सो परिवारमा क्रिया खर्च जुटाउन पनि मुस्किल परेको मृतकका छिमेकीले निशा पौडेलले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्