मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

लोकपाटी न्यूज

काठमाडौं, ७ असोज। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।

गत असोज २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र समूहका सांसदहरूले पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। २७ गते नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो।

शुक्रबार पूर्वमाओवादी केन्द्रका ठम्मरबहादर विष्टले पनि अविश्वासको प्रस्तावबाट आफ्नो मत फिर्ता लिँदै मुख्यमन्त्री शाहीको पक्षमा उभिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्