अफगानिस्तानमा शक्तिशाली भूकम्प

Earthquack
लाेकपाटी न्यूज

काबुल। अफगानिस्तानको हिन्दकुश क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। बिबिसीका अनुसार भारतीय मौसम विभागको मापन अनुसार ६.३ रेक्टर स्केलको धक्का गएको हो।

पाकिस्तानको क्वेटामा ५.५को तिव्रता मापन गरिएको छ। जमिनको १२.१ किलोमिटरमुनी भूकम्पको धक्का गएको थियो। क्वेटा पाकिस्तानको दक्षिणमा रहेको इलाका हो।

यो अफगानिस्तानसँग सिमा जोडिएको क्षेत्र हो। भूकम्पको केन्द्र क्वेटाको उत्तरपुर्व ३८ किलोमिटर पर पिशिन, हार्नाई र बलुचिस्तानसम्म भुकम्पको धक्का महशुस गरिएको थियो। हालसम्म कुनै मानविय क्षतिको विवरण प्राप्त हुन नसकेको बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्