अमेरिकी राष्ट्रपति पदको मत गणना जारी , ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा

USA
लाेकपाटी न्यूज

काठमाडौं, १९ कार्तिक। अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच निर्णायक राज्यहरुमा कडा प्रतिस्पर्धा देखिएको छ।

चुनावका लागि अहिले इलेक्टोरलको मतगणना भईरहेको छ। हालसम्म डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेन ट्रम्प भन्दा अगाडी रहेका छन्।

अहिलेसम्म घोषणा भएको ५० मध्ये ३४ राज्यको नतिजा अनुसार बाइडनले २०५ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले १३६ इलेक्टोरल भोट पाएका छन्।

यद्यपि जर्जिया, फ्लोरिडा, पेन्सिल्भानिया, विस्कोन्सिन, मिशिगन, एरिजोना, टेक्सास, नर्थ क्यारिलोनाको नतिजा राष्ट्रपति चयनको लागि महत्वपूर्ण हुनेछ। यी सबै राज्यमा ट्रम्प र बाइडनको बीचमा कडा प्रतिस्पर्धा देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्