अमेरिकाको जर्जियाको पुनः मतगणनामा बाइडेननै विजयी

Waden
लाेकपाटी न्यूज

काठमाडौं। अमेरिकाको जर्जिया राज्यमा भएको पुनः मतगणनाको परिणाममा पनि जो बाइडेन विजयी भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः मतगणना गर्न दिएको आवेदनका आधारमा गरिएको पुनः मत गणनापछि पनि बाइडेन नै विजयी भएका छन्। अब अन्तिम मत गणना अनुसार बाइडेनले ट्रम्पलाई जर्जियामा १२ हजार २८४ मत अन्तरले पराजित गरेका छन्।

जर्जियाका निर्वाचन अधिकारीहरुले दोस्रो पटक गरिएको अडिट अनुसार निर्वाचनका क्रममा कुनै धोकाधडी नभएको स्पष्ट गरेको छ। रिपब्लिकन पार्टीका स्टेट सेक्रेटरी ब्राड राफेन्सपरगेरले जर्जियाको ऐतिहासिक पहिलो राज्यभरको अडिट अनुसार पेपर मतमत्रको पुनः मतगणना सम्पन्न भएको र परिणाम रिपोर्ट गरिएको बताएका छन्।

पुनः मतगणनाको क्रममा ५८ सय मत गणना नभएको अवस्थामा पाइएको जर्जियाका निर्वाचन अधिकारीहरुले बताएका छन्। यो निर्वाचनमा धाधली भएको नभई मानवीय त्रुटी भएको बताएका छन्। ५८ सय मतमा ट्रम्पको पक्षमा १४ सय मत गएको बताइएको छ। जर्जियामा १६ इलेक्ट्रोल मत रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्