अमेरिकामा एकैदिन १ लाख ८३ हजारमा कोरोना संक्रमण

corona_test
लाेकपाटी न्यूज

काठमाडौं। अमेरिकामा कोरोना भाइरसको संक्रमणमा नयाँ कीर्तिमान कायम भएको छ।
एक सातादेखि लगातार संक्रमितको संख्या बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्।

शनिबार एकै दिन १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको छ। योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १० लाख ६४ हजार ३६४ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ८९ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४० लाख २५ हजार २४३ जनामध्ये ३२ हजार २९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ। यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४९ हजार नाघेको छ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३९५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४९ हजार ९७५ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्