अमेरिकी निर्वाचन : हार नजिक पुगेपछि ट्रम्प पुगे अदालत

President Trump Arrives In West Palm Beach For Easter Weekend At Mar-a-Lago
  • 29
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेपछि रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्प अदालत पुगेका छन्। आफू हार नजिक पुगेपछि ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका हुन्।

उनले तत्काल मतगणना रोकिनुपर्ने माग गरेका छन्। यद्यपि ट्रम्पले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन्। अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘धोकाधडी’ भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन्।

अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाइसकेको द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए। अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन्। बाइडनले आफूले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपति बनाउन पर्याप्त हुनेछ। यद्यपि यी दुवै राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन। यस्तोमा नतिजा जसको पक्षमा पनि जान सक्छ। शुक्रबारसम्म अधिकांश मतगणनाको काम सकिने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्