अमेरिकी राष्ट्रपति ट्रम्पले गरे आफना रक्षामन्त्री बर्खास्त

pic 1
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रक्षा मन्त्री मार्क इस्पेर बर्खास्त भएका छन्। सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका हुन्।

राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेको समयमा रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन्।

रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् इस्पेरलाई हटाइएको जानकारी दिएका छन्। तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्