स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु

Atithi gaire
लोकपाटी न्यूज
0 Shares

स्याङ्जा। सोमबार स्याङ्जामा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिगांलले टोकेर मृत्यु भएको हो।

१३ वर्षीया अतिथिको अरिङ्गालले टोकेर निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीका अनुसार अतिथिको पुतलीबजार नगरपालिका १४ स्थित लामागेमा अरिङ्गालले टोकेपछि उपचारका क्रममा निधन भएको हो।

माथिल्लो घरबाट तल्लो घरमा भाइटिका लगाउन जाँदा अतिथिलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोकेर घाइते बनाएको थियो।

अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए।
मृतक अतिथिको मंगलबार पोखरामा दाहसंस्कार गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्