अस्पतालबाट मनोज गजुरेलले भने : आराम छु, हिजोभन्दा धेरै राम्रो छ

लाेकपाटी न्यूज

काठमाडौं, २२ कार्तिक। कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ।कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको उनले फेसबुकमार्फत् जानकारी दिएका हुन्।

शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर उनले आफूलाई निकै सुधार भएको बताएका हुन्।

‘आराम छु, आरामको कामना गर्दछु। हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले फेसबुकमा लेखेका छन्।

कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो। गजुरेललाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको डाक्टरहरुले बताएका छन्।

oo

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्