आइतबार २८२४ जना कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ थियो।

1

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्