आजको मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षाको सम्भावना

mausam water
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। मंगलबार देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार पनि देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागहरुका १-२ स्थानमा भने हल्का वर्षाको सम्भावना छ। बिहीबार देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्