आज देशभरको मौसम कस्तो रहन्छ ?

mausama
लाेकपाटी न्यूज

काठमाडौं। देशभरका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन, तर स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।

अहिले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन्। बिहीबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। तराईका केही क्षेत्रमा बिहान लागेको हुस्सु बिस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्