आज २१ सय ११ जना कोरोना संक्रमित थपिए, निको हुने कति ?

corona_test
लाेकपाटी न्यूज

काठमाडौं। शुक्रबार देशभर गरिएका परीक्षणमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै हालसम्म संक्रमित हुनेको संख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको छ। यो अवधिमा संक्रमणमुक्त भई ३५ सय ३७ जना डिस्चार्ज भएका छन्।

हालसम्म एक लाख ६८ हजार एक सय २९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।
हाल देशभर सक्रिय संक्रमित ३७ हजार २२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्