ईश्वर पाेखरेल एकताविराेधी र फुटपरस्त हुन् : विष्णु रिजाल

Bishnu_Rijal
लाेकपाटी न्यूज

काठमाडौं, १८ कार्तिक। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई एकता विरोधी र फुटपरस्त रहेको बताएका छन्। नेता रिजालले उनलाई स्वघोषित राजकुमारको संज्ञा समेत  दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सचिवालय सदस्य ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण पार्टी फुटको अवस्थामा पुगेको आरोप लगाएपछि नेता रिजालले पोखरेलको नाम किटान नगरी उनलाई मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमा ‘पार्टी एकता विरोधी र फुटका पक्षधर’ का रुपमा चित्रित गरेका छन्।

‘शीर्ष नेताहरूबीच तिक्तता बढेको बेला सार्वजनिक रूपमा नामै किटेर ‘फलानाले पार्टी फुटाउन खोजेको छ’ भन्नेहरू नै पार्टी एकताका विरोधी र फुटका पक्षधर हुन्,’ रिजालले लेखेका छन्, “स्वघोषित राजकुमारहरूले एकताका लागि बल दिने कि एक नेताकोमा पुगेर अर्काे नेताका कुरा लगाउने र विवादमा फेसो हाल्ने ?’

यसअघि सोमबार उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको आरोप लगाएका थिए। “बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैंसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ।

अनि समस्या त खडा हुने भयो। गर्नु के पर्थ्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरागरे भइहाल्छ। अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेशनसम्म पु¥याउने कुरा गरेत हुन्थ्यो। त्यो नगर्ने वित्तीकै बिग्रेको हो,’ उनले भनेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु पार्टीको आन्तरिक कलहमा एकअर्कालाई दोषारोपण गरिरहेका छन्। कर्णाली प्रदेश सरकारमा उत्पन्न किचलो पछि बढेको आन्तरिक कलहपछि संस्थापन र इतर समूहका नेताहरु एकअर्कामाथि दोषारोपणमा लागेका हुन्।

Capture

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्