उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’

लोकपाटी न्यूज

तम्घास। गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ। क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो।

पुनः नियुक्ति दिने विषयमा प्रजातन्त्रवादी पदाधिकारीले निर्णय गरेपछि वामपन्थी पदाधिकारीले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिवसमेत रहेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिए। क्याम्पसमा कूल १० जना सञ्चालक समितिमा छन्।