एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा शर्माको निधनप्रति दुःख व्यक्त

लोकपाटी न्यूज

काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्ना केन्द्रीय समिति सचिव मदन शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ। संगठनका अध्यक्ष शङ्कर अधिकारी र महासचिव निमबहादुर केसीले आज एक विज्ञप्ति जारी गरी शर्माको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

संगठनले एक कर्मठ अभिभावक गुमाएको विज्ञप्तिमा उल्लेख छ। संगठनका अध्यक्ष अधिकारी र महासचिव केसीले शर्माको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा ५८ वर्षीय शर्माको आज निधन भएको हो।

शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन वर्तमान केन्द्रीय समिति सचिव हुन्। उनी संगठनका लुम्बिनी प्रदेश अध्यक्ष पनि हुन्। उनी अखिल नेपाल शिक्षक संगठनका संस्थापक अभिभावक र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पूर्व केन्द्रीय समिति सदस्य समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्