एसएसपीलाई धम्की दिने विप्लव नेकपाकी ललितपुर सेक्रेटरी विदुषी पक्राउ

Biplap
लोकपाटी न्यूज

ललितपुर। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी ललितपुर जिल्ला सेक्रटरी सावित्रा अधिकारी ‘विदुषी’ पक्राउ परेकी छन्। शनिबार ललितपुरको मंगलबजारबाट विदुषीलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो।

गत जेठमा गाभाहलबाट विप्लवका एक कार्यकर्तालाई ठूलो मात्रामा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि विदुषीले एक विज्ञप्ति जारी गरेर ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी थिइन्। उनले अनावश्यक खानतलासी गरेको र घरघरैबाट धरपकड गरेर शारीरिक तथा मानसिक यातना दिएकाले यस्ता कार्य तुरुन्त रोक्नुपर्ने बताएकी थिइन्।

उनले जनताको सामान्य नागरिक भएर बाच्ने अधिकार हनन गरेको, चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको, स्वतन्त्र हिँडडुल गर्न नदिएको आरोप लगाएकी थिइन्। उक्त विज्ञप्ति जारी भएको पाँच महिनापछि उनी पक्राउ परेको राईले पुष्टि गरेका छन्। बेला बेलामा भित्ताहरुमा लेख्ने, पम्प्लेट तथा पर्चा छर्दै आएका विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरेको ललितपुर प्रहरीले विदुषीको बयान लिने तथा अनुसन्धान गर्ने काम निरन्तर गरिरहेको एसएसपी राईले जनाए।

विदुषीका साथबाट प्रहरीले कोणसभाको ब्यानर, डायरीलगायतका सामग्री बरामद गरेको छ। महामारीको नाममा भ्रस्टाचार बन्द गर्न, नागरिकलाई निशुल्क स्वास्थ जाँच, उपचारको व्यवस्था गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाले शनिबार कोणसभा गर्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्