ओलीको व्यक्तिवादले नेकपा समाप्त हुन्छ : सुरेन्द्र पाण्डे

Surendra-Pande
  • 8
    Shares
लाेकपाटी न्यूज

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको काम एकलौटी देखिएको बताएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवादले नेकपा समाप्त हुने बताए।

गृहजिल्ला चितवनमा रहेका नेता पाण्डेले पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बन्दै गएको बताए।

यसरी सिङ्गो पार्टी एक्लै सञ्चालन गर्न खोज्नुले नै नेकपा समाप्तीतर्फ गएको उनले बताए। पर्टीमा विधि र सामूहिकता हुनुपर्नेमा जोड दिए। पार्टीको निर्णयविरुद्ध काम गर्ने प्रधानमन्त्री ओलीको कार्यशैलीले नेकपामा वर्तमान विवाद आएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्