ओलीको सति जाने कि विद्रोह गर्ने?

Baburam-Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपाका नेता कार्यकर्तालाई ओलीको सती नजान आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटको संघारमा पुगेको बेला भट्टराईले नेकपाका नेता कार्यकर्तालाई ओलीको सती नजान आग्रह गरेका हुन्।

सोमबार बिहान सामाजिक सञ्चालनमार्फत् नेता भट्टराईले ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन्।

नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टीरनेतृत्वले रंग फेरिसकेपछि पनि बा‘की नेतारकार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो। हिजोका झापालीरमाओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्। अरू उनको सती जाने कि बेलैमा नया‘ समाजवादी बाटो बनाउने?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्