ओलीको सरकारमा जानु कांग्रेसका लागि आत्मघाती हुनेछ : अर्जुननरसिंह केसी

arjunnar singh kc
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको चर्चा भइरहेको बेला उनले यस्तो भनेका हुन्।

ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु काँग्रेसको निम्ति आत्महत्या जस्तै भएको केसीको टिप्पणी छ। ओली नेतृत्वको सरकार भ्रष्टाचारका कारण निकै बदनाम भएकोले बदनामीको भारी बोक्न काँग्रेस सरकारमा सहभागी हुन नहुने उनले समाजिक सञ्जाल मार्फत भनेका छन्।

‘प्रम ओलीले नेका सँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ,’ उनले भनेका छन् ‘स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेका सँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।’

नेकपाको आन्तरिक विवादमा काँग्रेसले सरोकार लिन नहुनले नेता केसीको भनाई छ। उनले भनेका छन्, ‘उनीहरू टुटुन्, फुटुन् वा जुटुन् यो उनकै समस्या हो।’

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्