ओलीद्वारा कर्णालीका आफू निकट दुई मन्त्रीलाई हतारमा राजीनामा नदिन निर्देशन

KP-Sharma-Oli
लाेकपाटी न्यूज

काठमाडौं, १६ कार्तिक। नेकपा अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशका आफू निकट दुई मन्त्रीलाई राजीनामा नदिन निर्देशन दिएका छन्। कर्णालीका आफू निकट दुई मन्त्रीलाई ओलीले हतारमा राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार माधव नेपाल समूहका सांसदहरुसँग भएको पूर्वसहमति अनुसार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्दैछन्। स्रोतका अनुसार रावल र बुढालाई मुख्यमन्त्री शाही पक्षबाट राजीनामा दिन दबाब आएको छ।

पार्टी स्रोतका अनुसार उनले नेपाल समूहबाट तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएका छन्।

यता मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्