ओलीले आफूलाई राजा अरूलाई रैती ठाने : वामदेव गौतम

Bamdev-Gautam
  • 7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि गम्भीर आरोप लागेपछि सचिवालयका शीर्ष नेताहरूसँग छलफल थालेका छन्। शुक्रवार सचिवालय बैठक सकिए लगत्तै केही सचिवालयका नेताहरूसँग छुट्टा छुट्टै छलफल गरेका छन्।

ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए। ओलीले पटक पटक नेता नेपालको समर्थनका लागि कसरत गरिरहेका छन्। उनले पछिल्लो समय उत्पन्न विवादका कारण आन्तरिक समीकरण फेरबदलले गर्न नेपालसँग छलफललाई तीव्रता दिँदै आएका छन्। शुक्रबारको सचिवालय सकिएपछि पनि ओलीले नेता नेपाललाई आफूसँग मिल्नका लागि आग्रह गरेका थिए।

जवाफमा नेता नेपालले भनेका थिए, ‘अब प्रचण्डजीलाई गाली गरेर होइन, विधि तथा प्रक्रियाबाट जानुपर्छ। सुरुमा प्रचण्डसँग मिलेर हामीलाई पेल्ने तपाईँले अहिले प्रचण्डको गुनासो गर्ने ? अब फेरि जुधाउने कुरा सम्भव छैन। विधि र प्रक्रिया अनुसार तपाईँ चल्नुपर्छ,सच्चिनुपर्छ।’

नेता नेपालसँगको छलफलका क्रममा नेकपाका उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ पनि बालुवाटार पुगेका थिए। कार्यकारी अध्यक्ष प्रचण्डसँगको संवादका क्रममा ओली जंगिएको सुनेपछि उपाध्यक्ष गौतमले कडा शब्दमा प्रतिवाद गरेका थिए। गौतमले ओलीलाई भनेका थिए, ‘बिगार्ने तपाईँ हो। तपाईँको भुलभुलैयामा अब कोही पर्नेवाला छैन। म यहाँ धेरैबेर बसेँ भने कुटाकुट पर्छ। म हिँडे।’

छलफलमा सहभागी एक नेताले ‘अरू रैती, आफू राजा’ जस्तो ओलीको कार्यशैलीकै कारण नेकपामा समस्या निम्तिएको हो। आफ्नो कुरा राखेर गौतम बालुवाटारबाट बाहिरिएका थिए। वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा लागेका ओली यो पटक साँच्चै अप्ठ्यारो अवस्थामा पुगेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्